Logo
Logo

लुम्बिनीमा जेठ १७ गते उपनिर्वाचन




काठमाडौं । राष्ट्रियसभामा रिक्त सदस्यका लागि लुम्बिनीमा आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको मिति सार्वजनिक गरेको हो ।


माओवादी छाडेर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्को पद रिक्त भएको थियो । पार्टी परित्याग गरेकाले माओवादीले उनलाई सो पदबाट हटाएको थियो ।
सो पदमा निर्वाचन कार्यतालिक बुधबार स्वीकृत भएको र दाङको घोराहीमा निर्वाचन केन्द्र तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । हालै एमाले छाडेर कांग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई कांग्रेस, माओवादी लगायत दलले राष्ट्रियसभामा उठाउने निर्णय गरेका छन् ।
बागमती प्रदेशमा आगामी ६ जेठमा हुने निर्वाचनमा भने रामबहादुर थापा बादल र डा खिमलाल देवकोटाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्