Logo
Logo

ओलीसँगको छलफलपछि देउवा निवासमा कांग्रेस बैठक



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस नेताबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु बाहिरिएपछि निवासमा कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

बिहीबार कांग्रेस नेताहरू भेट्न प्रधनमन्त्री ओली देउवा निवास पुगेका थिए । त्यहँ झण्डै एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेस नेतालाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

तर, नेताहरूले भने मत नदिने बताएका थिए । साथै, ओलीले मागेको विश्वासको मत विफल बनाउने समेत रणनीति बनाइसकेका छन् । कांग्रेसको अबको योजना र सरकार निर्माणका विषयमा छलफल गर्न बुढानिलकण्ठमा बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्