Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ओलीलाई कांग्रेसले विश्वासको मत नदिनेदेखि अहिलेसम्मकै धेरै कोरोना संक्रमितसम्म



हेडलाइन्स् :

१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव, बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतबारे परामर्श, लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने काम तपाईबाट भएको भन्दै साथ नदिने देउवाको प्रतिक्रिया, सत्ता सहकार्य पनि हुन नसक्ने ओलीलाई जवाफ ।

२. २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि, २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमित थपिए, २४ घण्टामा ५८ जनाको मृत्यु, देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार नाघ्यो, संक्रमण मुक्त भएर १ हजार ९ सय ९३ जना अस्पतालबाट डिस्चार्ज ।

३. प्रदेश १ सरकारद्वारा कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप कमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय, मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सकलाई रकम दिइने, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट दिने निर्णय ।

४. लुम्बिनी प्रदेश सरकारद्वारा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने, कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५/५ लाख रुपैयाँ छुट्याइयो ।

५. नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को ठूलो हिस्साबीच बुधबार बिहान छलफल, प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ गठबन्धन सरकार बनाउन सकिने निष्कर्ष, छलफलमा ओलीले लिन लागेको विश्वासको मत कसरी असफल पार्ने, त्यसका लागि कसले के के गर्ने भन्नेबारे गम्भीर छलफल भएको नेताहरूको भनाइ ।

६. राष्ट्रियसभाको दुई सिटका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहितको चार पक्षीय गठबन्धन बन्ने, वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने, माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त ठाउँमा गठबन्धनका उम्मेद्वार बन्ने, लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड–माधव पक्षलाई सघाउने सहमति ।

७. पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पक्राउ परेका एक कर्माचारीसहित ९ जनालाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय मोरङको आदेश, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजलाबाट धरौटीमा छाड्न आदेश, आरोपितलाई कोरोना भाइरसको संक्रमण भएसँगै संक्रमण मुक्त भएर जिल्ला प्रशासन मोरङमा उपस्थिति भएपछि मण्डलको सम्बन्धमा न्याय निरुपण हुने प्रशासनको दावी ।

८. अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको भनाइ, हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै, १६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्यो, महिला लघुवित्तको सय रुपैयाँको सेयर ३४ दिनमा ४५ सय रुपैयाँ नाघ्यो, अनलाइनबाट सवा ६ अर्बको किनबेच ।

९. धनगढी नेपाल सुपर लिगको प्लेअफमा पुग्ने पहिलो टिम, पोखरा एकका विरुद्ध शुन्यले पराजित, कुशल आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा, कोरोनाले यूरोपियन क्लवले पाउने रकममा भारी गिरावट ।

१०.र, भारतमा पछिल्लो दुईदिन यता संक्रमितको संख्यामा कमी, भारतको पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त, इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्योल कायमै ।

प्रतिक्रिया दिनुहोस्