Logo
Logo

मेयर र उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स



काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका दोस्रो लहरका कारण सर्वसाधारण आम आज जनताले यतिबेला विभिन्न सास्ती खेप्नु परिरहेको छ । कतिले अस्पतालमा भर्ना नहुँदै ज्यान गुमाइरहेका छन् भने कतिले बेड, अक्सिज जस्ता नपाउँदा छट्पटाएरै ज्यान गुमाउनु परिरहेको छ ।

सरकारले कोरोना रोकथा तथा नियन्त्रणका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । यसबीच विभिन्न स्थानीय तहका सम्बन्धित नियकाका सरोकारवालाहरुले जनताको स्वास्थ्य सुरक्षाका लागि गर्नु जति काम हो त्यो नगरेको विभिन्न गुनासा समाचारहरु आइरहेको छ । तर कतिले जनप्रतिनिधिले भने जनताका लागि भनेर विभिन्न उदाहरणी कार्य पनि गरेको खबर छ ।

यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई जनताका लागि भनेर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएको सो गाडीलाई नै विरामीका लागि भनेर प्रयोग गर्ने निर्णय भएको हो ।

‘नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले दिएन,’ मेयरले भने।

उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइँने उनको भनाई छ । यस्तै यस नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ । दैनिक करिब दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्