Logo
Logo

२२ न्यायाधीशसहित अदालतका एक सय ६१ कर्मचारीलाई कोरोना संक्रमण




काठमाडौं । देशभरका २२ जना न्यायाधीशमा कोरोना संक्रमण देखिएको छ । सर्वोच्च अदालतले बुधबार एक सूचना जारी गर्दै न्यायाधीशका साथै १ सय ३९ जना अदालतका संक्रमण देखिएको जानकारी दिएको छ ।


विभिन्न ३४ अदालतका न्यायाधीश तथा कर्मचारीमा संक्रमण देखिएको छ । न्यायाधीश र कर्मचारी गरेर न्यायलयका १ सय ६१ जनामा कोरोना संक्रमण देखिएको सर्वाैच्चले जनाएको छ । सर्वोच्च अदालतका ७ कर्मचारी संक्रमित भएका छन् । सबैभन्दा बढी जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका चार न्यायाधीश र १५ जना कर्मचारी गरी १९ जनामा संक्रमण देखिएको छ ।काठमाडौं जिल्ला अदालतका चार न्यायाधीश र १२ कर्मचारीमा संक्रमण देखिएको सर्वाेच्च अदालतले जनाएको छ ।


तुलसीपुर उच्च अदालतको नेपालगञ्ज इजलास र बाँके जिल्ला अदालतमा १÷१ जना न्यायाधीशसहित १४÷१४ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । उच्च अदालत पाटनका १२ कर्मचारी संक्रमित भएका छन् ।
उच्च अदालत विराटनगर, तुलसीपुरको नेपालगञ्ज इजलास र दिपायलको महेन्द्रनगर इजलासका १÷१ जना न्यायाधीशलाई कोरोना संक्रमण देखिएको छ भने तुलसीपुरको बुटवल इजलासमा दुई न्यायाधीश संक्रमित भएका छन् । जिल्ला अदालत ललितपुरका ९ कर्मचारीमा संक्रमण भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा दुई न्यायाधीश र सात कर्मचारी, मकवानपुर जिल्ला अदालतमा एक न्यायाधीश र चार कर्मचारीमा संक्रमण पुष्टि भएको छ । स्वाथ्य मापदण्ड अपनाउँदा समेत ठूलो संख्यामा न्यायाधीश र कर्मचारीमा संक्रमण देखिएको सर्वाैच्चका उपरजिष्ट्रार देवेन्द्र ढकालले बताए ।
हाल निषेधाज्ञा लागू गरिएका जिल्लामा बन्दीप्रत्यक्षीकरण लगायत केही जरुरी मुद्दाको मात्र सुनुवाई हुने गरेको छ । गृह मन्त्रालयका अनुसार बुधबारबारसम्म ४१ जिल्लामा पूर्ण रुपमा र ११ जिल्लामा आशिंक रुपमा निषेधाज्ञा लागू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्