Logo
Logo

सांसदको पीसीआर परीक्षण १४ तस्वीरमा



काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षण गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बुधबार र बिहीबार पीसीआर परीक्षण गरिएको हाे । सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण गरिएको छ ।

यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आवद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण गरिएको छ ।

पीसीआर परीक्षणमा चार जना सांसद र दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

सांसदको पीसीआर परीक्षण तस्वीरमा-

प्रतिक्रिया दिनुहोस्