Logo
Logo

२४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५४ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५२९ पुगेको छ । गत २४ घण्टामा मात्र नौ हजार ७० जना संक्रमित पुष्टि भएका छन् ।

२० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्