Logo
Logo

सन्राइज बैंक र डिजिटल भुक्तानी सेवाप्रदायक सेलपेबीच सहकार्य



काठमाडौं । सन्राइज बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक कम्पनी हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार ग्राहकले सेलपेमा आफ्नो सन्राइज बैंकको खाता दर्ता गरी मोबाइल नम्बरमार्फत कारोबार गर्न सक्ने जनाइएको छ । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल भुक्तानी रकम स्थानान्तरण सेवा प्रदान गर्छ ।

सेलपेमार्फत गरिएको भुक्तानी विश्वसनीय हुनुका साथै वास्तविक समयमा कारोबार हुने बैंकले जनाएको छ । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरूको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स, बिमा रकम भुक्तानी, इएमआई भुक्तानीलगायत अन्य विभिन्न कार्य गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले १ सय ३९ शाखा, ७४ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउन्टर र १ सय ६० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्