Logo
Logo

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाले गराए उम्मेदवारी दर्ता



काठमाडौं । गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरएका छन् । उनीहरुले वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।
स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।

थापा २०७४ मा तत्कालीन मओवादी केन्द्रबाट उम्मेद्वार बनेका थिए । नेकपाको एकता भंग भएसँगै बादल एमालेतर्फ लागेपछि माओवादी केन्द्रले बादललाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्