Logo
Logo

संवैधानिक परिषद् बैठक बोलाइयो, अख्तियारदेखि लोक सेवा आयोगसम्म नियुक्तिको तयारी


दृष्टि संवाददाता



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थप नियुक्तिको तयारी गरेका छन् । त्यसका लागि उनले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।


हालै जारी भएको अध्यादेशअनुसार उनले बैठक बोलाएका हुन् । अध्यादेशमार्फन ऐन संशोधन गरी दुई जनाले पनि नियुक्तिको सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ ।
ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग लगायत निकायमा नियुक्तिको तयारी गरेका छन् । अख्तियारमा दुई आयुक्तका पद रिक्त छन् भने लोक सेवामा सबै पदाधिकारी रिक्त छ । अन्य केही आयोगमा पनि सदस्य पद रिक्त भएकाले त्यसमा नियुक्ति गर्न लागिएको छ ।


यसअघिको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सो बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् धेरैको चासोको विषय छ ।

आइतबार बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्