Logo
Logo

‘रअ’का नेपाल प्रमुख काठमाडौंमा


दृष्टि संवाददाता


काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । रअका नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि राघवप्रसाद भट्नागर कार्यभार सम्हाल्ने गरी शुक्रबार नेपाल आइपुगेका हुन् ।

आठ दिनपछि कार्यभार सम्हाल्ने भएपनि किन शुक्रबार नै भट्नागर काठमाडौं आइपुगे भन्ने प्रश्न उब्जिएको छ । नेपालमा राजनीतिक घटनाक्रम भइरहँदा र सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहँदा भट्नागरको काठमाडौं आगमनलाई महत्वका साथ हेरिएको छ ।

दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्