Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना महामारीको चपेटादेखि राजनीतिक दाउपेचसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा एकैदिन थपिए ९ हजार बढी कोरोना भाइरसका संक्रमित, ५० जना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ४ हजार १ सय ६ जनामा संक्रमण पुष्टि, ९ सय ५९ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार हुँदै, संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्नेसहित सरकारद्वारा अक्सिजनको मापदण्ड जारी, कोभ्याक्सबाट आउने खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई सरकारको आग्रह ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबारका लागि संवैधानिक परिषदको बैठक आह्वान, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सभामुख अग्नि सापकोटा नजाने, संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेकाले कांग्रेस सभापति शेरबहादुर देउवा पनि बैठकमा सहभागी नहुने ।

३. नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्नेबारे छलफल, विश्वासको मतमा विफल बनाएर नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल, कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रचण्ड पनि तयार ।

४. विश्वासको मत लिने दिन नजिकिएसँगै प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा, माधवकुमार नेपाल समूहका सांसदलाई फकाउन बालुवाटारमा शुक्रबार दिनभर भेटघाट, घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई दिउँसैदेखि बालुवाटारमा, छलफल चलिरहँदा पार्टी महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल ।

५. संसदको अंकगणितमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा, आफ्ना माग पूरा नगरेको भन्दै राजेन्द्र महतो पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवको पक्षमा उभिँदा महन्थ ठाकुर एक्लिए, पार्टीको निर्णय विपरित अध्यक्ष ठाकुर पनि नजाने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चितप्राय ।

६. ललिता निवास जग्गा अनियमितता काण्डका प्रमुख योजनाकार मानिएका शोभाकान्त ढकाललाई थुनामै राखेर मुद्दाको सुनुवाई गर्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाझियो, राय बाझिएपछि विवादलाई तीन सदस्यीय पूर्ण इजलासले टुंग्याउने, त्यसपछि बल्ल मुल मुद्दा विशेष अदालतमा अघि बढ्ने ।

७. नेपाली आरोही कामीरिता शेर्पाले राखे २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला, काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै शुक्रबार साँझ ६ बजे चुचुरोमा, उनीसहित १२ जना शेर्पा पनि चुचुरोमा, २५ औंँ पटक आरोहण गर्दै कामीरिताको रेकर्ड कायम ।

८. निषेधाज्ञाले आयातमा छैन असर, दैनिक ५ अर्ब सामान आउँदै, नेपाललाई ट्रान्जिट बनाई सुन तस्कर गर्ने अनेकल सहित ५ जना विरुद्ध २ अर्ब ४३ करोडको मुद्दा, एनआईबिएल समृद्धि फण्ड–२ योजना बाँडफाँट, एनएमबि बैंकले साढे ८ प्रतिशतको ऋणपत्र जेठ २ बाट जारी गर्दै, प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी, न्यूनतम पारिश्रमिक बढाएको भन्दै निर्यात परिषद्को विरोध, १५ हजार तलबको निर्णय फिर्ता लिन माग ।

९. नेपाल सुपर लिगबाट चितवन बाहिरियो, पोखराको आशा कायमै, नेपालले खेल्ने महिला टी–२० विश्वकप क्षेत्रीय छनौट नोभेम्बरमा हुने, तीन महिना काम गर्दा खालि हात स्वदेश फर्किएका ह्वाटमोरको श्रम स्विकृतीको फाइल विभागमै, हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल ।

१०.र, कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै भारत, एकैदिन थपिए ४ लाख १४ हजार बढी संक्रमित, माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद विस्फोटमा परि घाइते,कोरोना खोपलाई वौद्धिक सम्पत्तिको दायरामा नराख्ने अमेरिकी प्रस्तावमा जर्मन असहमत,ब्राजिलमा प्रहरी र हिंस्रक विद्रोहीबीच झडप, एक प्रहरीसहित २५ जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्