Logo
Logo

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित


दृष्टि संवाददाता


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको २०७८ वैशाख २४ गते अपरान्ह २ः३० बसे बसेको सञ्चालक समितिको ४२औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारणसभा स्थगित गरिएको जनाएको छ ।

कम्पनीले २०७८ बैशाख २६ गतेका दिन साधारणसभा आह्वान गरेको थियो । कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्पूर्ण शेयरधनी महानुभावलाई जानकारी गराएको छ ।

बार्षिक साधारणसभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्बन्धित मतदान कार्यक्रमसमेत स्थगित गरिएको कम्पनीले जनाएको छ । विषम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजग रहनका लागि सबैमा कम्पनीले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्