Logo
Logo

बादलको तुलना खिमलाल देवकोटासँग हुन सक्दैन : शंकर पोखरेल


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापा (बादल)को तुलना खिमलाल देवकोटासँग गर्नै नहुने बताएका छन् ।

शनिबार सामामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरलले उपनिर्वाचनको विषयमा बादल र देवकोटाको बीचमा कुनै तुलना हुन नसक्ने जिकिर गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन । मनन् गरौं ।’ जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गृहमन्त्री बादल र देवकोटा एक आपसमा भिड्दैछन् ।

२०७४ सालमा बादल बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनी नेकपा एमालेमा पार्टी प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेको हुँदा उनको त्यो पद गुमेको थियो। सोही ठाउँमा जेठ ६ गते उप(निर्वाचन हुन लागेको हो।

शुक्रबार गृहमन्त्री थापाले नेकपा एमलेको तर्फबाट र देवकोटाले नेकपा माओवादी केन्द्रसहित चार दलीय गठवन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराईसकेका छन्। उनीहरुले हेटौंडा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्