Logo
Logo

खोलामा मृत भेटिए सइ


दृष्टि संवाददाता



हेटौंडा । हेटौंडामा नेपाल प्रहरीका नायब निरीक्षक (सइ) मृत भेटिएका छन् । हेटौंडा–१ राप्ती खोलामा ४७ वर्षीय प्रहरी नायब निरीक्षक केशवबहादुर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सइ खत्री उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत थिए । खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको हो । स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान अघि बढाइएको जिप्रका मकवानपुरका डिएसपी जयश्वर रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्