Logo
Logo

१९ जना सांसदलाई कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । संघीय संसदका १९ जना सदस्य (सांसद)लाई कोरोना संक्रमण भएको छ । संघीय संसद सचिवालयको अनुसार १८ जना प्रतिनिधि सभा र एक जना राष्ट्रिय सभालाई सांसदलाई कोरोना संक्रमण भएको हो ।

सांसद बाहेक संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी समेत गरी अन्य १४१ जनामा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा वैशाख २२, २३ र २४ गते सांसद सहित एक हजार दुई सय ३५ जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएकामध्ये २०५ जना सांसद थिए भने अन्य १ हजार ३० जना संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि सांसदको कोरोना परिक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्