Logo
Logo

काठमडौंका चार अस्पतालले कोरोना संक्रमितको उपचार नगर्ने


दृष्टि संवाददाता


काठमाडौं । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् ।

शनिबार संयुक्त विज्ञाप्ति जारी गर्दै मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएको हो ।

अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको अस्पताहरुले जाएको छ ।

अस्पतालले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जानकारी दिएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘कोरोना उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यावस्था गर्न असजह भएका कारण कोरोना संक्रमणका विरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसिकने परिस्थिति सिर्जना भएकाले बाध्यताबस शनिबारदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमि शैयामात्रै सञ्चालनमा ल्याई सेवा प्रदान गर्ने सबेलाई जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्