Logo
Logo

सरकारले अख्तियारलाई प्रतिशोध साँध्ने संस्था बनायो : सभापति देउवा


दृष्टि संवाददाता


काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् । शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताए । उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे ।

उनले भने, ‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुःख दिनका लागि मनपरी किसिमले अध्यादेश ल्याइएको छ । ब्ल्याकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ’

प्रतिक्रिया दिनुहोस्