Logo
Logo

ओलीविरुद्ध आक्रामक देउवा, सरकार ढाल्न अग्रसर


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सद्भाव राख्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक आक्रामक बनेका छन् । शनिबार सम्पन्न कांग्रेस सांसदीय दलको बैठकमा सभापति देउवा अरु दिनभन्दा कडा रुपमा ओलीविरुद्ध प्रस्तुत भए ।

बैठकलाई सम्बोधन गर्दै देउवाले भने- ‘ओलीको बर्हिगमन नै अहिलेको मुख्य आवश्यकता हो । ओली प्रधानमन्त्री रहेसम्म राजनीतिक निकास सम्भव छैन । ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ ।’

संसदीय दलको बैठकमा सभापति देउवाले नयाँ सरकारबारे समेत बोलेका छन् । गठबन्धन सरकार बन्ने भन्दै देउवाले त्यसका लागि आवश्यक तयारी भइरहेको बताए । उनले भनेका थिए- ‘गठबन्धन सरकार बन्छ । त्यसका लागि छलफल चलिरहेको छ । जनता समाजवादी लगायतका पार्टीसँग आवश्यक छलफल चलिरहेको छ । बैशाख २७ पछिका दिनमा सबै कुरा टुङ्गो लाग्छ ।’

प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई समेत ठिक भन्दै आएका सभापति देउवा एकाएक ओलीविरुद्ध आक्राम रुपमा प्रस्तुत भएपछि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । धेरैले ओली–देउवाबीच लेनदेन नमिलेका कारण ओलीप्रति देउवा आक्रामक बनेका टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा आफू प्रधानमन्त्रीको हकदार रहेको भन्दै आएका देउवालाई ओलीविरुद्ध बोल्न केही राजनीतिक घटनाक्रमले पनि सहज भएको हुनसक्छ । किनकी, ओलीसँगै रहँदै आएको जसपाको ठूलो हिस्सा नै ओलीविरुद्ध देखिएकाले देउवालाई आँट आएको हुनसक्छ ।

त्यसो त सभापति देउवाले संवैधानिक परिषदको बैठक समेत बहिस्कार गरेका छन् । बिगतमा ओली–देउवाबीच संवैधानिक नियुक्ति लगायतका विषयमा भागबण्डा हुने गरेको थियो । पछिल्लो समय ओली–देउवा सम्बन्धमा दरार पैदा भएको पछिल्लो घटनाले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्