Logo
Logo

संक्रमित सांसदलाई मतदानस्थलको व्यवस्था गर्ने मन्त्रिपरिषद्को निर्णय


दृष्टि संवाददाता

7k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक कोरोना संक्रमण भएका सांसदलाई मतदानस्थलको व्यवस्था गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको हो ।

शनिवार साँझसम्म २८ जना सांसदमा कोभिड संक्रमण देखिएको छ भने ५० जनाको अझै रिपोर्ट आउन बाँकी छ । संक्रमित सांसदलाई संसद भवनभित्रै एक ठाउँमा राखेर मतदानको व्यवस्था गर्नेबारे छलफल भएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्