Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना महामारीको संकटदेखि सत्ता राजनीतिको खेलसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. कोरोना संक्रमणले परिस्थिति भयावह बन्दै, संक्रमण नियन्त्रणका लागि ६३ जिल्लामा निषेधाज्ञा, अरु जिल्लाहरुमा समेत निषेधाज्ञाको तयारी, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु, ८ हजार ४१८ जना संक्रमित ।

२. देशभरका कोरोना अस्पतालहरुमा अक्सिजन अभाव, अक्सिजन अभावकै कारण संक्रमितको मृत्युहुने क्रम बढ्दो, अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने काठमाडौंका चार अस्पतालको घोषणा, अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने ।

३. वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय, सुरुवातमा ५ सय शय्याको बनाइने ‘युनिफाइड कोभिड–१९ अस्पताल’ले कोभिडविरुद्धको लडाईंमा रहेका देशभरका अस्पतालको कमान्ड गर्ने, युनिफाइड कोभिड–१९ अस्पताल संचालनका लागि मन्त्रिपरिषद्द्धारा ‘कोभिड–१९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८’ पास ।


४. सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने, २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउने कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रको निर्णय, सिलिन्डर ल्याउन वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने, बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने ।


५. विश्व स्वास्थ्य संगठनले चीन सरकारको स्वामित्वमा रहेको सिनोफार्मले बनाएको कोरोना खोपलाई आपत्कालीन प्रयोगको अनुमति दियो, फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्नाले बनाएको कोरोना खोपलाई अनुमति, डब्लूएचओले युरोप र अमेरिकाबाहिर उत्पादित कोरोना खोपलाई अनुमति दिएको यो पहिलो घटना ।

६ . प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिएसँगै राजनीतिक सरगर्मी बढ्यो, प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत प्राप्त गर्न अधिकतम प्रयासमा, प्रधानमन्त्री आफ्नै पार्टीका असन्तुष्ट पक्षलाई सम्झाउनेदेखि अरु दलको मत माग्गेसम्मको कृयाकलामा संलग्न ।


७. प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने नेपाली कांग्रेस संसदीय दलको निर्णय, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको तयारी, प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्नु पर्ने अहिलेको मुख्य जिम्मेवारी रहेको सभापति शेरबहादुर देउवाको धारणा ।

८.संवैधानिक परिषदको बैठक स्थागित गर्न नेकपा माओवादी केन्द्रको माग, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले भाग नलिने भनिसकेको भन्दै बैठक स्थागित गर्नुपर्नेमा जोड, संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको आरोप ।

९. नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीले प्लेअफमा स्थान बनायो, शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुर प्लेअफमा स्थान पक्का गर्न सफल, लिगमा शीर्ष दुईमा रहने टोलीबीच पहिलो प्लेअफ खेल हुने, वजियी टिम फाइनल प्रवेश गर्ने ।

१०. भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप चार लाख नयाँ सङ्क्रमित, थपसहित सहित कूल संक्रमितको संख्या दुई करोड १८ लाख ९२ पुग्यो, भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ४ हजार १ सय ८७ जनाको मृत्यु, भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ७० पुग्यो ।

प्रतिक्रिया दिनुहोस्