Logo
Logo

संकटमा परेपछि ओलीले गरे अख्तियार प्रमुखसँग छलफल


दृष्टि संवाददाता



काठमाडौं । आफ्नै दम्भ र घमण्डले संकटतर्फ अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसँग छलफल गरेका छन् । राईलाई बालुवाटार बोलाएर उनले शुक्रबार बेलुका छलफल गरेका छन् ।


ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले अख्तियारमा समेत दुई आयुक्त नियुक्त गरेका छन् । त्यसबारे समेत छलफल गरेको बताइएको छ ।
ओलीले आफु संकटमा परेपछि केही विरोधी नेताहरुलाई अख्तियारमार्फत तर्साउन खोजेको समेत आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्