Logo
Logo

लाेक सेवामा पूर्व सचिव, अख्तियारमा पूर्व गुप्तचर प्रमुख !


दृष्टि संवाददाता



काठमाडौं । बहिष्कार र विरोधका बाबजुत बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा नियुक्ति गरेको छ । बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा नियुक्ति गरेको हो ।
आयोगले लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई नियुक्त गरेको छ । उनी सर्वाैच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाई हुन् ।


त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा पूर्व सचिव डा हरि पौडेलको सिफारिस भएको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले उनको सिफारिस गरेको हो ।
त्यस्तै, अर्काे आयुक्त पमा डा सुमित्रा अमात्यको सिफारिस भएको बालुवाटार स्रोत बताउँछ । नियुक्त भएकाहरुको विवरण गोप्य राखिएको छ ।
गुप्तचरका पूर्व प्रमुख दिलिप रेग्मीलाई अख्तियारमा नियुक्ति गरिएको बताइएपनि पछि हेरफेर भएको स्रोत बताउँछ । नामहरु हेरफेर गर्नकै लागि सिफारिस भएकाको नाम सार्वजनिक गरिएको छैन ।


नियुक्तिको केही नामहरु हेरफेर हुन सक्ने भएकाले सार्वजनिक गरिएको छैन । नियुक्ति सिफारिसको निर्णय भएको तर माइन्युट भइनसकेको परिषद्का सदस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले बताए ।

चर्काे आलोचनाका बाबजुत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बैठकमा उपस्थित भएका हुन । सरकारले ६ महिनाको बीचमा दुई पटक अध्यादेश ल्याएर संवैधानिक नियुक्ति गरेको हो । अघिल्लो नियुक्तिविरुद्ध सर्वाैच्च अदालतमा मुद्दा विचाराधीन छ । कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटाले बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्