Logo
Logo
लुम्बिनी प्रदेश

विशेष अधिवेशन माग गर्दै विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखलाई पत्र


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई आइतबार पत्र बुझाएका हुन् । चार दलको टोलीले प्रदेश प्रमुख कार्यालयका सचिव चिरन्जिवी पौडेललाई समावेदन पत्र बुझाएको हो ।

संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन पत्र बुझाइएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

यसअघि पनि चार दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर सरकारले अविश्वास प्रस्ताव दर्ता हुनु अगावै प्रदेश सभा अधिवेशन अन्त्य गरेपछि विपक्षी चार दलले विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

वैशाख १९ गते विशेष अधिवेशन बोलाएकै दिन बैठक नबस्दै मुख्यमन्त्रीले राजीनामा दिएर प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गराई पुनः आफूसंग ४१ जनाको बहुमतमा रहेको दावीसहित मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्