Logo
Logo

ओलीको सन्देश लिएर नेम्वाङ र पौडेल माधव नेपाललाई भेट्न पुगे


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर सुवसचन्द्र नेम्वाङ र विष्णु पौडेल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन् ।

विभाजनको डिलमा पुगेको एमाले जोगाउनकाे लागि नेता नेपाललाई भेट्न नेम्वाङ र पौडेल सिंहदरबारस्थित संसद् सचिवालयमा गएका हुन् । उनीहरुबीच अहिले सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता चलिरहेको छ ।

नेपाल पक्षका सांसदहरुलाई राजीनामा दिनबाट रोक्‍ने अन्तिम प्रयाससहित नेम्वाङ र पौडेलले नेता नेपाललाई भेट्न पुगेका हुन् । धव पक्षबाट स्वयं माधवकुमार नेपाल, नेता योगेश भट्टराई, मेटमणी चौधरीलगायतका नेता सहमागी छन् ।

नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले सामूहिक राजीनामाको तयारी गरिरहेका बेला एमालेको दुवै पक्ष वार्तामा जुटेका हुन् । पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बोधन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्