प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले सांसदलाई ह्वीप « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले सांसदलाई ह्वीप


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा लिने विश्वासको मतको पक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गरिएको छ ।
संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईले आइतबार प्रधानमन्त्रीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्