Logo
Logo

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज (आइतबार) राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरका छन् ।

गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन प्रदेश प्रमुख पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्