Logo
Logo

जसपाले विश्वासको मतको मतदानमा ह्विप जारी नगर्ने


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठकले सोमबार हुने सरकारलाई विश्वासको मतको मतदानमा आफ्ना सांसदहरुलाई ह्विप जारी नगर्ने निर्णय गरेको छ ।

पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको बैठकले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्न सांसदहरुलाई स्वत्रन्त्र छोड्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्