Logo
Logo

ओली बहिर्गमनको नीति तय गर्‍यौँ : बाबुराम भट्टराई


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरिएको बताएका छन् ।

पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि डा भट्टराईले सामाजिक सञ्जालमर्फत प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन् ‘सबैले आ आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं।’

भट्टराई र उपेन्द्र यादव पक्ष जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्