Logo
Logo

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको कसरत सुरु


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ । पृथ्वीसुब्वा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाउने भएका हुन् ।

मुख्यमन्त्रीको राजीनामासँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने कांग्रेसले जनाएको छ ।

गण्डकीमा बहुमतको लागि ३१ जनाको हस्ताक्षर चाहिन्छ । सोमबार अविश्वासको प्रस्तावमाथि मतदान हुने तय भएकोमा आइतबार नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्