कोभिडविरुद्धको लडाइँमा सबैको भूमिका आवश्यक छ : ईश्वर पोखरेल « Drishti News – Nepalese News Portal
Logo

कोभिडविरुद्धको लडाइँमा सबैको भूमिका आवश्यक छ : ईश्वर पोखरेल


दृष्टि संवाददाता


काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धका लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आइतबार भएको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरेका हुन् । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन दिएका हुन् ।

कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । सो अवसरमा केन्द्रका अध्यक्ष महावीर पुनले कोभिड–१९ को संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क वितरण गरिसकेको जानकारी दिए ।

वैज्ञानिक पुनले संकटकालीन अवस्थामा त्यहीअनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्