नेपाल समूहको ओलीलाई १३ घण्टे अल्टिमेटम « Drishti News – Nepalese News Portal
Logo
ब्रेकिङ

नेपाल समूहको ओलीलाई १३ घण्टे अल्टिमेटम


दृष्टि संवाददाता


दृष्टि फाइल

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ घण्टे अल्टिमेटम दिएको छ ।। पार्टीभित्र हालको विवाद समाधान गर्न २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन सोमबार बिहान ९ बजेसम्मको समय दिएको हो ।

सिंहदरबारमा सम्पन्न माधव नेपाल समूहको बैठकले ओलीको तर्फबाट कुनै ठोस प्रस्ताव नआएको र एकता जोगाउने प्रयत्न समेत नगरेको निष्कर्ष निकाल्दै अन्तिम समयसम्म पनि विवाद हल गर्ने गरी अल्टिमेटम दिने निर्णय गरेको हो ।

आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । प्रत्यक्ष र समानुपातिक सांसदहरु सहभागी बैठक झण्डै साढे ३ घण्टा बसेको थियो । अध्यक्ष ओलीबाट आफूहरुले भनेबमोजिम नभए कठोर निर्णय लिइने नेता भट्टराईले बताए । 

आइतबार नेता नेपालले ओलीको सन्देश बोकेर आएका विष्णु पौडेल र सुवास नेम्वाङसँग सिंहदरबारमा पौने घण्टा छलफल गरेका थिए ।प्रधानमन्त्री ओलीले आइतबार नै एक वक्तव्य जारी गरी फ्लोर क्रस गर्ने, सामूहिक राजीनामा दिने जस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।

साेमबार संसदमा हुने प्रधानमन्त्रीलाई विश्वासको मतमाथिको मतदानमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको छ ।

नेपाल समूहले सोमबार बिहान साढे ९ बजे आफ्ना सांसदहरुलाई संसद् सचिवालयमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्