Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : गण्डकीका मुख्यमन्त्रीको राजीनामादेखि नेपाल समूहको ओलीलाई १३ घण्टे अल्टिमेटमसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षणमा नेपालमा ८ हजार ७ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, २४ घन्टामा ४ हजार २२ जना निको भएका छन् भने ८८ जनाको कोरोना संक्रमणबाट मृत्यु, काठमाडौं उपत्यकामा ४ हजार १ सय ९८ संक्रमित, काठमाडौंमा ३ हजार १ सय ६१, भक्तपुरमा ५ सय ४ र ललितपुरमा ५ सय ३३ जनामा संक्रमण पुष्टि ।

२. अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा, प्रदेश प्रमुखद्वारा राजीनामा स्वीकृत, काम गर्ने वातावरण नदिएकाले राजीनामा दिएसको गुरुङको दावी, नयाँ सरकार गठन गर्न तीन दिनको समय तोकियो, नयाँ सरकार बनाउन विपक्षी दलको कसरत सुरु, ३१ सांसदको हस्ताक्षर जुटाइँदै, गुरुङ पनि आफ्नै नेतृत्वमा पुनः सरकार बनाउने दाउमा ।

३. नेकपा (एमाले) माधवकुमार नेपाल समूहले दियो आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’, २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय, माग पूरा भए विश्वासको मत दिने र नभए बिहान बस्ने सचिवालय बैठकले निर्मम निर्णय लिने तयारी ।

४. विश्वासको मत माग्ने अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वक्तव्य जारी, सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह, पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने प्रधानमन्त्री ओलीको दावी, पार्टी विपरित निर्णय गर्दा इतिहासले माफ नगर्ने समेत ओलीको तर्क ।

५. प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा जनता समाजवादी पार्टी (जसपा)ले लियो मध्यमार्गी निर्णय, विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने, अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीको पक्षमा रहँदा उपेन्द्र र बाबुराम विपक्षमा रहेपछि पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय ।

६. लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता, माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता, प्रस्तावमा ४० जनाकोे हस्ताक्षर, नयाँ मुख्यमन्त्रीका रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसी प्रस्ताव, एमालेका ४१ सदस्य रहेकाले ठूलो दलका रुपमा मुख्यमन्त्री बनेको र सरकार बनाएको एमालेको दाबी ।

७. प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्षको उपस्थितिमा संवैधानिक परिषदद्वारा लोकसेवामा कांग्रेस कोटाबाट पूर्व सचिव माधवप्रसाद रेग्मी सिफारिस, सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने, विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकमा देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस ।

८. राजनीतिक अन्योलको असर सेयर बजारमा, सबै उपसमूह राताम्मे, सवा ६ अर्ब रुपैयाँको किनबेच,कोभिड बिरामीलाई अस्पताल जानु परे चेम्बरले एम्बुलेन्स उपलब्ध गराउने, काठमाडौंका अस्पतालमा सेवा, बागमती प्रदेशको सवारी कर नागरिक एपबाटै तिर्न मिल्ने, ८० वटा नयाँ सेवा थप गरिँदै ।

९. नेपाल सुपर लिगमा काठमाडौं रेजर्स शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश, लिगको अन्तिम खेलमा काठमाडौद्वारा एफसी चितवन दुई एकले पराजित, कोरोनाका कारण विचमा नै स्थगित भएको इन्डियन प्रिमियर लिगमा बाँकी खेल गर्नका लागि चार वटा देशको भारतीय क्रिकेट बोर्डलाई प्रस्ताव, इंग्ल्याण्ड, यूएई, श्रीलंका र अष्ट्रेलियाले प्रतियोगिताका बाँकी खेलहरु आफ्नो देशमा गर्न माग, जापानमा कोरोनाको प्रभाव रहेपनि टोकियो ओलम्पिक भएरै छोड्ने अन्तराष्ट्रिय ओलम्पिक कमिटीको दृढता ।

१०.र, चीनमा ३० करोड व्यक्तिले लगाए कोरोनाविरूद्धको खोप, अफगानिस्तानमा विद्यालय भवन बाहिर विस्फोट, कम्तीमा ३० जनाको मृत्यु, भारतमा लगातार ४ लाखभन्दा बढीमा संक्रमण, थप ४ हजार १ सय ३३ जनाको मृत्यु, अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, एक नेपालीसहित ३ जनाको हत्या ।

प्रतिक्रिया दिनुहोस्