काठमाडौंपछि रुपन्देही र कैलालीमा धेरै कोरोना संक्रमण « Drishti News – Nepalese News Portal
Logo

काठमाडौंपछि रुपन्देही र कैलालीमा धेरै कोरोना संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । देशका सबै जसो जिल्लाका कोरोना संक्रमण बढीरहेको छ । त्यसमध्ये कतिपय जिल्लामा संक्रमण उच्च छ ।


सबैभन्दा धेरै संक्रमण काठमाडौंमा छ । काठमाडौंपछि रुपन्देही र कैलालीमा धेरै जोखिम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौंमा ३ हजार १ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रुपन्देहीमा ५ सय ६२, भक्तपुरमा ५ सय ३३, ललितपुरमा ५ सय ४ र कैलालीमा चार सय ७६ जनामा संक्रमण भएको छ ।
आइतबार ८ हजार ८ सय ५० जनामा संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्