Logo
Logo

खुडा हानेर श्रीमतीको हत्या


दृष्टि संवाददाता



काठमाडौं । ४३ वर्षीया श्रीमती शिला चौधरीको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–२ महदेवा बस्ने ४० वर्षीय धनिराम चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


धनिरामले घरयसी विवादमा शिलालाई धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खुडा प्रहारबाट गम्भीर घाइते भएकी शिलाको उपचारको लागि लमही अस्पताल दाङतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्