Logo
Logo

अख्तियारको आयुक्तमा डा पौडेल


दृष्टि संवाददाता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा पूर्व सचिव डा हरि पौडेलको सिफारिस भएको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले उनको सिफारिस गरेको हो ।


त्यस्तै, अर्काे आयुक्त पमा डा सुमित्रा अमात्यको सिफारिस भएको बालुवाटार स्रोत बताउँछ । नियुक्त भएकाहरुको विवरण गोप्य राखिएको छ ।
गुप्तचरका पूर्व प्रमुख दिलिप रेग्मीलाई अख्तियारमा नियुक्ति गरिएको बताइएपनि पछि हेरफेर भएको स्रोत बताउँछ । लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मी सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्