Logo
Logo

झलनाथ खनालले जिते कोरोना


दृष्टि संवाददाता



काठमाडौं । पूर्व प्रधानमन्त्री नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कोरोनालाई जितेका छन् । उनको कोरोना रिपोर्ट निगेटिभ आएको छ ।

आइतबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको खनालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
स्वास्थ्य अवस्थामा सुधार आएको र केही समयको आरामपछि अस्पतालबाट डिस्चार्ज हुने उनको भनाई छ । उनले फेसबुकमा लेखका छन् । ‘करिब एक हप्ता अघि कोभिड–१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ । डाक्टरहरूको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु ।’

प्रतिक्रिया दिनुहोस्