Logo
Logo

‘ओलीलाई विश्वासको मत दिनु लोकतन्त्रलाई कमजोर बनाउनु’


दृष्टि संवाददाता


काठमाडौं । एमाले नेता भीम रावलले केपी ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बानउनु रहेको बताएका छन् । नेता रावलले अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वीप नै अवैधानिक भएको भन्दै त्यस्तो ह्वीपको कुनै अर्थ नभएको बताए ।

‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।

नेकपा एमालेको माधव समुहका सांसदहरु आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने निर्णय गरेका छन् । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समुहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले बताए ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्