Logo
Logo

‘संविधान संशोधन गर्न सरकार तयार छ’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न आफू तयार रहेको बताएका छन् ।

सोमबार विश्वासको मतका लागि संसदमा प्रस्ताव पेश गर्नु अघि प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले संविधानको सर्वस्वीकार्यताका सन्दर्भमा त्यस्तो कुनै समस्या नभएको भन्‍दै असन्तुष्टि सच्याउन सकिने बताए ।

’संविधानको सर्वस्वीकार्यताका सन्दर्भमा त्यस्तो कुनै समस्या छैन,’ उनले भने, ’असन्तुष्टि छ भने सच्याउनु पर्छ भन्‍ने सन्दर्भमा कुनै केही होलान् । तर, सर्वस्वीकार्य होइन भन्‍ने छैन । हामीले संविधानको स्वीकार्यता र पालना गर्ने विषयमा कुनै समस्या छैन । संविधान आधारभूतमा समस्या रह्यो भन्ने समस्या छैन । जहाँ कार्यान्वयनको समयमा समस्या भयो भन्‍ने समयानुकुल समयमा संशोधन गर्न सकिन्छ । संविधान संशोधन गर्ने सबालमा सरकार तयार छ ।’

अब कसैले विखण्डनको राजनीति नबोक्ने भन्दै देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुनै विवाद नरहेको उनको दाबी थियो।

“पृथक्तावादको विचार बोक्ने समूहलाई पनि राजनीतिक मूलधारमा ल्याएको” भन्दै उनले राजनीतिक माग पूरा गर्न हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच पनि अन्त्य भएको उल्लेख गरे।

दशकौँदेखिको हिंसा राजनीति अवलम्बन गर्ने शक्तिहरू नेपालमा रहेको भएपनि त्यो अन्त्य भएको जनाए।

प्रतिक्रिया दिनुहोस्