‘वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण छैन’ « Drishti News – Nepalese News Portal
Logo

‘वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण छैन’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्यलाई पच्छ्याए वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताएका हुन् ।

संसदमा प्रधानमन्त्रले भने,‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपने अवस्था छ,’ ओलीले भने, ‘ यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’

राष्ट्रियताको प्रवर्द्धनमा सरकारले राम्रो काम गरेको दावी गरे। ‘राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमनालाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बारे तथ्य आफैं बोल्छन्,’ उनले भने ।

सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको ओलीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्