ओलीलाई देउवाको सुझाव-छातीमा हात राखेर आत्मसमीक्षा गर्नुहोस् « Drishti News – Nepalese News Portal
Logo

ओलीलाई देउवाको सुझाव-छातीमा हात राखेर आत्मसमीक्षा गर्नुहोस्


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताउँदै आफ्नो गल्तीको दोष अरुलाई नथोपर्न भनेका हुन् ।

सम्बोधनका क्रममा उनले भने,‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने रु अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?’

‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमीक्षा गर्न सुझाव पनि दिए । ‘मानिस दुनियाँबाट भाग्न सक्छ , आफैबाट भाग्छ सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैले आफैले सोध्नुस् । यो अवस्था तपाईको व्यक्तिगत दम्भ, राजनीतिक र प्रशासनिक कुशासनका कारण आएको होइन ?’ देउवाले प्रश्न गरेका थिए ।

https://drive.google.com/file/d/1gpzAL7BxXQuXJDFjc9zO9Twd6EGOwuiI/view?usp=sharing

प्रतिक्रिया दिनुहोस्