Logo
Logo

ओलीलाई प्रचण्डको प्रश्न- राष्ट्रिय समस्या तपाई कि म ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय समस्या को हो भन्दै प्रश्न गरेका छन् । देशलाई अघि बढ्न नदिएको भन्दै आफूलाई आरोप लगाएको भन्दै प्रचण्डले ओलीलाई नै राष्ट्रिय समस्या को हो भन्दै प्रश्न गरे । उनले यसमा बहस गर्न सकिने समेत बताए ।

तत्कालीन नेकपालाई फुटबाट जोगाउन, सरकार र पार्टीलाई सहज रूपमा चलाउन छलफल गरिरहँदा सहयोग नगर्ने को हो भन्दै प्रश्न समेत गरे । उनले दुई नेताबीचको विवादलाई देशकै मुख्य समस्याको जड बनाएकोमा समेत आपत्ति जनाए ।

प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको समेत प्रचण्डले ओलीलाई आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्