Logo
Logo

उपेन्द्र यादवको आरोप-‘दरिद्र नेपाल, दुःखी नेपाली भयो’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक ‘दरिद्र नेपाल, दुःखी नेपाली’ भएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथिको प्रस्तावमाथि बोल्दै अध्यक्ष यादवले तीन वर्षको अवधिमा देश समृद्ध नेपाल सुखी नेपाली नभएको बताए । तीन वर्षमा सरकारकै अर्कमण्यतका कारण देश ‘दरिद्र नेपाल, दुःखी नेपाली’ भएको बताए ।

‘सुरुसुरुमा प्रधानमन्त्रीबाट खुबै आशा राखिएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ पूरा हुने सोचिएको थियो । तर, अहिले प्रधानमन्त्री ज्यू, तपाईको नारा ‘दरिद्र नेपाल, दुःखी नेपाली भएको छ ।’ उनले भने ।

यस्तो अवस्थामा कुनै पनि हालतमा विश्वपासको मत दिन नसकिने समेत यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्