Logo
Logo
प्रधानमन्त्रीलाई विश्वासको मत

जसपाको मत बाझियो- एक पक्ष तटस्थ, अर्को विपक्ष


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद प्रतिनिधिसभा बैठकमै छर्लङ्ग भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा सुरुमा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताए ।

त्यसपछि रोष्टममा पुगेका अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’

यसअघि, जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो । यसबाट ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्