काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् ।
यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका हुन् ।













