Logo
Logo

नयाँ सरकार गठनका तीन दलको राष्ट्रपतिलाई आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलले सरकार गठनका लागि आह्वान गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए । धारा ७२(२) को अभ्यास नगरी एकपटकै ७६(३) मा लैजाने षड्यन्त्र भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्