Logo
Logo

अब नयाँ सरकार बनाउन लाग्छौं : वर्षमान पुन


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अब नयाँ सरकार बनाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि नयाँ सरकार बनाउने र बहुमत पुग्ने उनले दाबी गरे ।

प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा ९३ मत मात्र पर्‍यो । प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

बैठकपछि बाहिरिँदै नेता पुनलले अब संविधानको धारा (७६) २ अनुसार सरकार बनाउने बताए । उनले भने, ‘जसापको एक पक्षले मत नदिनुको अर्थ प्रधानमन्त्रीप्रति विश्वास नहुनु हो। उहाँहरूले पनि अब बनाउने सरकारमा सहयोग गर्नुहुन्छ ।’

माओवादीले यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्