Logo
Logo

सभामुखले राष्ट्रपतिलाई पठाए पत्र


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन् ।

सभामुख सापकोटाले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न असफल भएको पत्रमार्फत जानकारी गराएका हुन् । सँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसद् सचिवालयबाट पत्र प्राप्त हुनसाथ प्रक्रिया प्रारम्भ गरिने बताए। उनले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्