Logo
Logo

अन्ततः संसदले ओली सरकारलाई विधिवत् बिदाइ गर्‍यो : बाबुराम भट्टराई


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले अन्तत संसदले केपी ओली सरकारलाई विधिवत् बिदाइ गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि डा भट्टराईले सामाजिक सञ्जालमा उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति भने परास्त भइनसकेको बताएका छन् । उनले लेखेका छन्, ‘अन्ततः संसदले ओली सरकारलाई विधिवत् बिदाइ गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैसकेको छैन ।’

अब राष्ट्रपतिले तुरुन्त धारा ७६ (२) अनुरूप दुई वा दुईभन्दा बढी दलको नयॉ सरकार गठन गर्न आह्वान गर्नुपर्ने उनको भनाइ छ ।

‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरुन्त धारा ७६ (२) अनुरूप दुई वा दुर्ई भन्दा बढी दलको नयॉ सरकार गठन गर्ने आह्वान गरून् ! दलहरूले स्वीकारून् !’ भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्