Logo
Logo

सुन लुट्ने नक्कली प्रहरी पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । प्रहरी हौं भनेर सुन लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । गत २० बैशाखको राती सवा ११ बजे काठमाडौं– २६ विरेन्द्र ऐश्वर्य मार्ग स्थित मञ्जुश्री गेष्ट हाउस अगाडी सडक खण्डमा रुपन्देहीको देवदह घर भई रानीबारी बस्ने वर्ष २७ को बिशाल पाण्डेको साथमा रहेको ५० ग्राम सुनको बाला लुटिएको थियो ।

हामी प्रहरी हौ भनि ४ जनाको समुहमा आएको ब्यक्तिहरुले सुन लुटेका थिए । घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली घर भएका राजु मगर, रामेछापकै दोरम्बा घर भएका निश्चल थापा मगर छन् । उनीहरुका दुई सहयोगी फरार छन् । लुटिएको सुन खरिद गर्ने नारायणटारस्थित न्यु हलेसी ज्वैलर्सका सञ्चालक तेजबहादुर विक समेत पक्राउ परेका छन् ।
बिल नभएको सुनको बाला बोकेको भन्दै उनीहरुले सुन लुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्